
क्रेजी साप्ताहिक काठमाडौं । बल्खुको तरकारी बजारमा काम गर्ने एक जना मजदुरको शव फेला परेको छ । सर्लाहीको बर्थवा घर भएका उमेश महतोको शव बजार नजिकै रहेको ८ र ९ फिट गहिरो तलाउमा भेटिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार महतो २८ माघदेखि हराइरहेको भन्दै खोजतलासका लागि उजुरी पनि परेको थियो । ‘खोजी जारी रहेकै बेला उनी पानीमा डुबेको अवस्थामा भेटिएका हुन्’, बोगटीले भने, ‘हराउनु अघि उनीसहित ४ जना साथी सँगै बसेको खुलेको छ ।’ उनको शरीरमा कुनै चोटपटक देखिएको छैन । यद्यपि, मृत्युको कारण खुलिसकेको छैन ।
प्रहरीले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ । ‘तलाउको किनारमा कपडा खोलेर राखेको देखिन्छ’, अनुसनधानमा संलग्न अधिकृत भन्छन् ‘कपडामा ५र६ हजार रुपैयाँ पनि बरामद भएको छ । उनी आफैं तलाउमा छिरे वा के भयो भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।’

