
क्रेजी साप्ताहिक । पथरीशनिश्चरे वडा नं १० का एक युवाले आफ्नो जन्मदिनका अवसरमा बालगृहका बालबालिकालाई खाना खुवाएका छन् । जिरिखिम्ती निवासी हरी निरौलाले बुधबार आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाना खुवाएका हुन् ।

उर्लाबारी ७ को नमुना बालगृहमा पुगेर त्यहाँका ४६ बालबालिकालाई खाना खुवाएर उनले आफ्नो जन्मदिन मनाएका हुन् । केही साथीभाइसँग त्यहाँ पुगेका उनले आश्रमकी सञ्चालीका मिना बरालसँग भेटेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए । जानकारी दिँदै बरालले विभिन्न चुनौति पार लगाउँदै र सहयोगिहरुको भरमा सो बालगृह चलाउँदै आएको बताइन् ।

खाना ख्वाइसकेपछि निरौलाले यस्ता कार्यमा धन मात्र भएर नहुने र मन पनि हुनुपर्ने बताए । अनावश्यक खर्च गरेर जन्मदिन मनाउने शैलीलाई हटाउँदै यस्ता कार्यहरु गर्न सके युवाहरुलाई समाजले विश्वास गर्ने उनले बताए । उनको यस्तै सहयोगि बानीका कारण स्थानीयमाझ सबैको प्रिय छन् ।


