
क्रेजी साप्ताहिक ललितपुर । बाघको छालासहित २ जनालाई महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लगनखेलस्थित बसपार्कबाट बाघको ३ थान छालासहित सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्दै आएका दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्दै आएका रोशन कामी रहेका छन् । विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।


