शनिलले कीर्गिस्तानी बक्सरलाई हराए - Crazysaptahik.com

शनिलले कीर्गिस्तानी बक्सरलाई हराए


अनलाइन खबर । जापानमा हुने टोकियो २०२० ओलम्पिकको एसिया(ओलम्पिक छनोट अन्तर्गत जोर्डनको अम्मानमा भइरहेको बक्सिङमा नेपाली खेलाडी शनिल शाहीले जित हात पारेका छन् । १३औं सागका स्वर्णधारी शनिलले पहिलो चरणमा किर्गिस्तानका बक्सर आर्जेन कादिरबेक उलुलाई पराजित गरेका छन् ।मंगलबार भएको ६३ केजी तौल समूहको भिडन्तमा शनिलले उलुलाई ४(१ अंकले हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । अब दोस्रो राउन्डमा उनले तजिकिस्तानका अनुभवी बक्सर बाखोदुर उस्मानोभको सामना गर्नेछन् । खेल मार्च ५ मा हुनेछ । यस्तै नेपाली महिला खेलाडी मिनु गुरुङले बुधवार महिला ५७ केजी तौल समूहमा दक्षिण कोरियाली खेलाडी इम अइजीसँग प्रतिस्पर्धा गर्ने्छिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.