अज्ञात समुहद्धारा ६ वटा गाडीमा आगजनी - Crazysaptahik.com

अज्ञात समुहद्धारा ६ वटा गाडीमा आगजनी


क्रेजी साप्ताहिक
कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले छ वटा गाडीमा आगजनी गरेको छ । विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरैलामा पाँच र शिवराज नगरपालिका वडा नम्बर ९ मा एक गरी छ वटा गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उक्त समूहले विजयनगरमा दुई वटा जेसिभी, एउटा स्काभेटर र दुई वटा जीपमा आगजनी गरेको छ । यस्तै शिवराज नगरपालिका वडा नम्बर ९ मा स्काभेटरमा आगजनी गरेको बताइएको छ । त्यस्तै हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा लोहोरौहियामा आगजनी भएको बताइएको छ । हुलाकी मार्ग निर्माणमा प्रयोग गरिएका निर्माण साधन र सोही कम्पनीले प्रयोग गरेका साधनमा आगजनी भएको हो। गाडिमा आगो कस्ले किन लगाएको भन्ने अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.