व्यवस्थित बधशालास्थल बन्दै - Crazysaptahik.com

व्यवस्थित बधशालास्थल बन्दै


क्रेजी साप्ताहिक
पथरी ।   मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माण सुरु भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा गोसलाइन क्षेत्रमा वधशाला निर्माण कार्य सुरु भएको हो । वडाध्यक्ष बाबुराम एङ्देनमार्फत शिलान्यास गरी निर्माण कार्य अघि बढाइएको छ ।

प्रदेश सरकारको बढीमा ५० लाख तथा अन्य नगरपालिका कार्यालयको गरी ७५ लाख १४ हजार ४ सय ५१ रुपैयाँको स्टिमेट रहेकोमा ५० लाख ९३ हजार ५ सय ७९ रुपैयाँ २५ पैसामा ठेक्का लागेको छ । मादी आरकेडा कन्ट्क्सन इटहरीले ०७७ जेठ ३० गतेसम्ममा सम्पन्न गर्नेगरी ठेक्काको सम्झौता भएको छ । बधशालामा दैनिक ठूला पशु ५ वटा र साना १२ वटासम्म वध गर्न मिल्ने स्थल वन्ने नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए । त्यहाँ बधगर्ने र प्रसोधन गरिने समेत उनले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.