सडक स्तरोन्नतीको शिलान्यास - Crazysaptahik.com

सडक स्तरोन्नतीको शिलान्यास


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे वडा नम्वर ४ को देउराली चोकमा सडक स्तरोन्नती कार्यको शिलान्यास भएको छ । वडाध्यक्ष गोविन्दवहादुर भण्डारीको अगुावाईमा वडा सदस्यहरु तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, स्थानीय युवा समाजसेवीहरु राजकुमार विश्वकर्मा, नारायण दाहाल, शमशेर राईलगायतले आज शिलान्यास गरेका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ मा वडा नंम्वर ४ को विनियोजित बजेटबाट देउराली चोकदेखि शमशेर टोल हुँदै अरबेचोक सम्म २ किलोमिटर सडकको दुवैपट्टि नाला खनी स्तरोन्नती गरिने जनाइएको छ । जसमा सोही २ किलोमिटर भित्र २६५ मिटर १ नं ग्राभेल गरिने छ । त्यसैगरी, सेतीसिलवाल टोलमा ४ सय मिटर लुजु ग्राभेल गरिने छ ।

कोसेली चोकदेखि प्रगतिचोक हुँदै वडा कार्यालय जाने २८० मिटर सडक १ नम्बर ग्राभेल गरिने जनाइएको छ । वडाले १० लाख २५ हजार छुट्याएको थियो । सो सडक काविल कन्ट्रक्सनले टेन्डर प्रकृयाबाट ९ लाख ९९ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको छ । निर्माण कार्य आगामी असार १५ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.