कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड ठगी गर्ने पक्राउ - Crazysaptahik.com

कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड ठगी गर्ने पक्राउ


क्रेजी साप्ताहिक
काठमाडौं । कुवेत र माल्टा पठाइदिन्छु भनेर साढे ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
३६ जनालाई कुवेत र २४ जनालाई माल्टा पठाइदिन्छु भनेर उनले ४ करोड ६० लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
शुक्रबार नेपालगञ्जमा पक्राउ परेका उनलाई काठमाडौं ल्याई ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

श्रेष्ठले नक्कली भिसा र नक्क्ली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै नेपालीलाई दिल्लीमा लगेर अलपत्र पारेका प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.