
क्रेजी साप्ताहिक
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा शनिबार साँझ सरकारी गाडी दुर्घटनामा परेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार गाडी कसको हो भन्ने खुलिसकेको छैन ।
बा १ झ ६६५८ नम्बरको स्वास्थ्य मन्त्रलायको गाडी विदाको दिन पोलमा ठोक्किएको अवस्थामा फेला परेको हो । सार्वजनिक विदा भएकाले चालक पनि सम्पर्कमा आएका छैनन् । अत्याधिक मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

