अस्ट्रेलिया र दुबई लान्छु भनी लाखौं रकम ठग्ने २ जना पक्राउ - Crazysaptahik.com

अस्ट्रेलिया र दुबई लान्छु भनी लाखौं रकम ठग्ने २ जना पक्राउ


क्रेजी साप्ताहिक काठमाडौैं । ‘अस्ट्रेलिया र दुबइ’ लैजाने प्रलोभन देखाई लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङ रहेका छन् ।

शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार, शाहले सप्तरी र धनुषाका ३२ जना युवालाई दुबई लैजान्छु भनेर ठगी गरेका थिए । उनले प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ उठाएको बोगटीको भनाइ छ ।

तामाङले अस्ट्रेलिया पठाउँछु भनेर प्रतिव्यक्ति ४० लाख रुपैयाँ उठाएको बोगटीको भनाइ छ । तामाङबाट पीडित ४ जना प्रहरीसम्म पुगेका छन् । अन्य पीडितको पनि खोजी भइरहेको उनले बताए । दुवै जनामाथि मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.