
क्रेजी साप्ताहिक । प्रहरीले चितुवाको छालासहित एक जनालाई ताप्लेजुङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बु रहेका छन् ।
सोमबार प्रहरी चौकी तापेथोकबाट खटिएको टोलीले लिम्बुको घरमा खानतलासी गर्दा २ थान चितुवाको छाला बरामद गरेको हो । बरामद गरिएको चितुवाको छालासहित लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

