५० जना ज्येष्ठ नागरिकलाई सम्मान - Crazysaptahik.com

५० जना ज्येष्ठ नागरिकलाई सम्मान


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे नगरका ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । आज ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे नगर समितिको आयोजनामा ८० वर्षमाथिका प्रत्येक वडाबाट ५÷५ जनाका दरले ५० जनालाई झर्के थाल, झुल, रुद्राक्षको माला, गम्छा र नगद सहितले सम्मानित गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर उपसचिव शालिग्राम काफ्ले, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्र दहाल, समाजसेवी वीरवहादुर वस्नेत सहितले ज्येष्ठहरुलाई सम्मानित गरेका हुन् । नगरपालिका कार्यालयको १ लाख रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न गरिएको केन्द्रका नगर सचिव रमेश दहालले जजानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.