पेस्तोलसहित २ जना पक्राउ - Crazysaptahik.com

पेस्तोलसहित २ जना पक्राउ


क्रेजी साप्ताहिक । प्रहरीले रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदी पुलछेउबाट अवैध पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीकोधन्कौल गाउँपालिका ६ छोटौल बैरिया राजेश महरा र सोही ठाउँका जयनरायण महरा चमार रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए । उनीहरुको साथबाट एकथान कटुवा पेस्तोल र सोमा लाग्ने तीनथान गोलि समेत बरामद भएको डिएसपी महतोले बताए । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर