
क्रेजी साप्ताहिक
। ओेखलढुंगाको मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । तिमध्ये दुईको अवस्था गम्भीर रहेको छ । बिरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर तिनको ०१०२२ च ३१८३ नम्बरको जिप बिहीबार बिहान सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
दुर्घटनामा परी जिप चालक बिरगन्ज पर्साका अन्दाजी २२ बर्षिय अनिल कुमार साहानी र सोही स्थानका २६ बर्षिय सुगन्धी देबी बिनको अवस्था गम्भीर छ । उनीहरुको ओखलढुंगा सामुदायीक अस्पातलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । अन्य सामान्य घाइतेहरुमा नेपागन्ज बाँकेका बिराज थापा, बिरगन्ज पर्साका आकाश कुमार नाबालक, मन्थली रामेछापका कपिल मगर र सिद्धिचरण नगरपालिका–४ का सनम घले, बल बहादुर श्रेष्ठ र राजन घले रहेका छन् । जिपमा १२ जना सवार रहेको भएपनि अन्य चारजना भने सकुशल रहेको प्रहरी निरिक्षक बस्नेतले बताए । दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

