कानेपोखरीमा वृहत् सरसफाई कार्यक्रम

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा अवस्थित चिसाङ खोला देखि डाँसखोलासम्म वृहत् सरसफाई कार्यक्रम गरिएको छ । कानेपोखरी गाउँपालिकाको आयोजना र इलाका प्रहरी कार्यालय पथरीको सहकार्यमा पूर्वपश्चि राजमार्गको उत्तरदक्षिण फ्याकिएको फोहोर उठाउँर्दै सरसफाई गरिएको हो । कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोलाप्रसाद अधिकरीको

श्वेता खड्कालाई पुत्रीलाभ

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो । केही साताअघि श्वेताले आफू केही वर्ष ममीको भूमिकामा व्यस्त हुने बताएकी थिइन् । उनी गर्भवती भएपछि उनको

द भ्वाइस अफ अमेरिकाको नकआउट विजेता बनिन् नेपाली मूलकी किशोरी परिजिता

रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन, उनलाई लिएर नेपालसहित डायस्पोरामा आकर्षण र चासो छ । आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र ब्याटल राउन्डमा जजलाई मख्ख पारेकी परिजिताको रोकिने

एमालेको घोषणा : सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने

नेकपा एमालेले चुनावी घोषणापत्रमा कला र फिल्म क्षेत्रलाई पनि सम्बोधन गरेको छ । मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले नेपाली फिल्मको प्रवर्द्धन, विकास र विस्तार गरिने र सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने उल्लेख छ । प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना गरिने पनि एमालेले

अंग्रेजी नयाँ वर्षसँगै ‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट सुरु हुने

२१ वर्षअघिको चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ । यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले  दिइन् । निर्देशक तथा अभिनेता उत्तम प्रधान र अध्यक्ष शर्माबीच ‘दर्पणछायाँ ३’ को

सलमानलाई ‘वाई प्लस’, अक्षय र अनुपमलाई ‘एक्स’ श्रेणीको सुरक्षा दिइने

बलिउड अभिनेता सलमान खानलाई भारतको महाराष्ट्र सरकारले वाई प्लस श्रेणीको सुरक्षा प्रदान गर्ने निर्णय गरेको छ । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको लरेन्स बिस्नोइ ग्याङले सलमानलाई ज्यान मार्ने धम्की दिएको दिएको विवरण सार्वजनिक भएका थिए । सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै महाराष्ट्र सरकारले सलमानको सुरक्षामा वृद्धि गर्ने निर्णय गरेको

यसपालिको भ्वाइस अफ नेपाल नारी नै हुनुपर्छ : हर्क साम्पाङ

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा अहिले ब्याटल राउण्ड चलिरहेको छ । ब्याटल राउण्डको अन्तिम भाग यसै साता सकिंदैछ । त्यसपछि मात्र नकआउट चरण सुरु हुनेछ । चौथो सिजनले पनि यतिबेला दर्शकमाझ क्रेज पाइरहेको छ । देशीविदेशी प्रतिस्पर्धी सामेल भएकाले पनि यसको क्रेज नेपालबाहिरसम्म देखिएको छ ।

अफगानिस्तानलाई हराउँदै श्रीलङ्काको सम्भावना कायम

अस्ट्रेलियामा जारी पुरुष टी–२० विश्वकपमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै श्रीलंकाले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम नै राखेको छ । मंगलबार भएको खेलमा श्रीलंकाले १ सय १४५ रनको लक्ष्यलाई ९ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो । श्रीलंकालाई जीत दिलाउन धनञ्जय डी सिल्भाले नटआउट रहँदै ६६ रनको

न्युजिल्यान्ड र इङ्ग्ल्यान्ड भिड्दै

आईसीसी पुरुष टी–२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा जारी छ । सुपर १२ अन्तर्गत समूह एक मा दुवै टोली पुछारमा छन् । दुवै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान

पोग्वाले कतार विश्वकप गुमाउने पक्का

फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ । इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् । सन् २०१८ को रुस विश्वकप फ्रान्सले जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.