‘महापुरुष’ : बुढो मान्छेको एकालाप र ढोंगमा बाँच्नेहरु
ब्रम्हा मुहूर्त अर्थात् सुनौलो आभा पोतेर उदाउने बिहानीअघिको क्षण झैं सबै ‘शुभ’ हुने संकेत थियो । जेठो छोरो बिदुर आफ्नो पेसा–व्यवसाय उकास्ने तरखरमा थिए । कान्छो छोरो विज्ञान स्वप्न लोकमा सयर गर्न विवाहको तारतम्य मिलाउँदै थिए । अनि पिता बालकृष्ण ?शाखा–सन्ततिको खुसीमा आफ्ना सारा दुःखहरु बिसाएर मन बहलाउँदै थिए ।


