गहभरि आँसु लिएर उपस्थित भएका मेस्सीले भने, ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’
काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा धेरै रसाएका थिए । २१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको सुनाए । ‘म र मेरो परिवार यहीं बस्न तयार भएका

