‘प्रकाश’ले सात दिनमा करोड कमाउँदा ‘राधा’ २० लाखमै समेटियो

प्रदीप खड्का स्टारर ‘प्रकाश’ले घरेलु बक्स अफिसमा पहिलो साता लगभग एक करोड रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा फिल्मको कमाइ बिहीबार बेलुकासम्म ९० लाख रुपैयाँ उल्लेख छ । सबै हलमा अझै पनि बक्स अफिस सर्भर जडान नभइसकेकाले ‘प्रकाश’को कमाइ करिब एक करोड रुपैयाँ हुने अनुमान छ

पूजालाई फिल्मभन्दा सुदर्शनमाथि भरोसा !

फिल्म ‘मधुमास’ रिलिजसँगै सुरु भएको पूजा शर्मा र सुदर्शन थापाको दोस्ती अहिले पनि निरन्तर छ । सुदर्शन निर्देशित फिल्म ‘प्रेमगीत’मा प्रमुख भूमिका पाएपछि त पूजाले पछाडि फर्केर हेर्नुपरेन । यतिबेला भने पूजाले आफूलाई कन्टेन्टभन्दा सुदर्शनप्रति विश्वास रहेको टिप्पणी गरेकी छन् । पछिल्लो सहकार्य रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा

माउथ पब्लिसिटी बढेपछि क्यूएफएक्सले बढायो ‘प्रकाश’ को शो

फिल्म ‘प्रकाश’ को क्यूएफएक्स च्यानलले शो बढाएको छ । शुक्रबार न्युन शो पाएको फिल्मको माउथ पब्लिसिटी बढेपछि शो विस्तार गरिएको हो । देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो पाएको फिल्मलाई क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ । जसमा काठमाडौं उपत्यका भित्र १३ शो र काठमाडौं उपत्यका बाहिर १३ शो

प्रदीपले भने– ‘हामीले काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने त ?’

अभिनेता प्रदीप खड्काले फिल्म हलले ‘प्रकाश’ लाई उपयुक्त शो उपलब्ध नगराए काठमाडौंको चोक–चोकमा प्रोजेक्टरबाट फिल्म देखाउने बताए । फिल्मका लागि हलले राम्रो शो उपलब्ध नगराएको बिषयमा निर्माण युनिटले शुक्रबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदीप हल विरुद्ध निकै आक्रमक प्रस्तुत भए । ‘फिल्मको आउट लुक हेर्दा मास अपिलिङ लाग्दैन

‘बाबरी’पछि नयाँ फिल्ममा सहकार्य गर्दै धीरज र अदिती

आगामी असोज १४ गते धीरज मगर र अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ प्रदर्शनको तयारीमा छ । तर फिल्म रिलिजअघि नै यी दुईले नयाँ फिल्ममा पनि सहकार्य गर्ने खबर छ । अदितीकी आमा तथा निर्मात्री पुष्पलताले यी दुई कलाकारलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा गरेकी छन् । ‘बाबरी’को ट्रेलर र गीत

शनिबार हलमा ओइरिए दर्शक, नेपाली फिल्मलाई राहत

शनिबार हलमा चलिरहेका नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’को अकुपेन्सी उत्साहजनक देखिएको छ । राजधानीका मल्टिप्लेक्सदेखि केही सिंगल स्क्रिनसम्मको दर्शकीय उपस्थितीले निर्मातालाई राहत दियो । ‘प्रकाश’को देशब्यापी अकुपेन्सी ६० देखि ८५ प्रतिशतसम्म देखियो भने ‘राधा’को अकुपेन्सी ५० देखि ७० प्रतिशतसम्म देखिएको छ । ‘कबड्डी ४ पछि दर्शक हलमा आएको पाइयो’ क्यूएफएक्स

‘प्रकाश’ को प्रिमियरमा प्रदीप र फिल्मको तारिफ

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म ‘प्रकाश’ हेर्दा प्रदीप खड्कालाई चिन्न नसकेको बताएकी छन् । ‘फिल्ममा प्रदीपलाई हेर्दा ऊ प्रदीप नै होर भन्ने लाग्यो । उसको बोलाई, हिँडाई हेर्दा त्यो रोमान्टिक हिरो त्यही नै होर भनेर सोच्न बाध्य बनायो’ दीपाले भनिन्–‘उसको अभिनय जीवन्त छ ।’ दीपाले फिल्म खासमा नेताहरुका लागि

अनमोल केसीको ‘छड्के २’ लुक्स सार्वजनिक

फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । ‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन

‘राधा’ र ‘प्रकाश’ आजदेखि हलमा, बिहानी अकुपेन्सी ३० प्रतिशत

शुक्रबार दुई नेपाली फिल्म रिलिज भएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ प्रदर्शनमा त आएका छन्, तर दुवै फिल्मलाई हलमा दर्शक तान्नुपर्ने चुनौती छ । दुवै फिल्मले प्रिमियरबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेका छन् । अब ‘वर्ड अफ माउथ’मा यी दुई फिल्मको विकडेजको भविष्य निर्भर हुनेछ

सद्‍गुरुको निम्तोमा भारत भ्रमणमा निस्किए राजेश हमाल, टक शो छायांकन गर्ने

भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा अभिनेता राजेश हमाल बिहीबार बैंग्लोरतर्फ प्रस्थान गरेका छन् । हमालसँगै गायक रवि ओड र भीवाईएफका सञ्चालक दशरथ सुनार समेत छन् । हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नेछन् । यो प्रतीक्षित टक शो उनको आश्रममा हुनेछ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.