एमाले उम्मेदवारसँग घरदैलोमा हिंडिरहेकी करिश्माले रेखालाई ‘योद्धा’ भन्दै मागिन् भोट

यतिबेला चुनावी सरगर्मी उत्कर्षमा छ । कलाकार समेत कलाकारिताबाट विश्राम लिएर यतिबेला चुनावी मैदानमा छन् । आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा कलाकारले खुलेरै भोट मागिरहेका छन् । तर कतिपय कलाकार भने राजनीतिमा लाग्न नहुने भन्दै मौनप्रायः छन् । मोरङ–३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक

आमिर खानले अभिनयबाट विश्राम लिने, भन्छन्– आमा र बच्चाहरुसँग बस्न चाहन्छु

बलिउड अभिनेता आमिर खानले केही समयअघि स्पेनी फिल्म ‘च्याम्पियन’को रिमेक बनाउने खबर चर्चामा थियो । यो फिल्ममा उनले अभिनय पनि गर्ने कुरा थियो । तर आमिर प्रोजेक्टबाट पछि हटेका छन् । आमिर स्वयंले यो स्पेनी फिल्मको रिमेकमा आफूले अभिनय नगर्ने बताएका छन् । आफूले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले

‘महापुरुष’ हेरेपछि राजेश हमालले सम्झिए बुवासँग लामो समय बोलचाल नगर्दाको क्षण

अभिनेता राजेश हमालले हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेरेका छन् । सोमबार बेलुका निर्देशक र कलाकारसँग सँगै फिल्म हेरेर उनले प्रशंसा गरे । फिल्मले आजको समाज र परिवारको कथालाई प्रस्तुत गरेको हमालले बताए । ‘क्लाइमेक्सबारे खुल्दुली लागेको थियो । समयसापेक्ष छ, कथावस्तु राम्रो छ । युवाको पक्ष ओगटेको छ ।

द भ्वाइसको अन्तिम १६ मा परिजिताको दमदार प्रस्तुति, चारैजना कोचबाट ‘स्ट्यान्डिङ ओभेसन’

नेपाली मूलकी परिजिता बाँस्कोटाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा दमदार प्रस्तुति दिएकी छन् । चारैजना कोचले उनको गायकीको प्रशंसा गरेका छन् । लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ गीत गाएर परिजिताले कोच र दर्शकलाई मन्त्रमुग्ध बनाइन् । आज (मंगलबार)देखि द भ्वाइसमा लाइभ

‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ माघमा

‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आगामी माघ २ गते आयोजना हुने भएको छ । ग्लोबल एलायन्स अफ एनजीओ फर रोडसेफ्टि, एफआईए फाउन्डेसन र अन्य विभिन्न संस्थाहरुको सहयोगमा नासा फाउन्डेसनले नेपालमा आयोजना गर्ने सो फिल्म फेस्टिभल मार्फत सडक र सवारी सम्बन्धी आधारभूत जानकारी दर्शक सामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताइएको छ

सञ्चिताको ‘गुलाबी’ इण्ड क्ल्याप, ‘छक्कापञ्जा ४’को बाँकी सुटिङ चुनावपछि

कास्कीको धम्पुसबाट छायांकन थालेको फिल्म ‘गुलाबी’को ‘इण्ड क्ल्याप’ काठमाडौंमा भएको छ । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै फिल्मको ३२ दिने छायांकन तालिका पनि सकिएको छ । निर्देशक समुन्द्र भट्टले एउटा गीतलाई भने चुनावपछि खिचिने बताइन् ।पारालैंगिक कथावस्तुको फिल्ममा नाजिर हुसेनको प्रमुख भूमिका छ । सञ्चिता लुइँटेल, सुशील सिटौला, राजा घोष, विशाल

बलिउडको घाटा कम गर्न अक्षयकुमारले पारिश्रमिक घटाउने

आमिर खानको ‘लाल सिंह चड्ढा’ होस् या ठूलो बजेटको ‘शमशेरा’ । आशा गरिएका केही बलिउड फिल्म असफल रहे । यसो हुनुमा केहीले कोरोना महामारी पछाडिको प्रभावलाई कारण बताइरहेका छन् भने केहीले दक्षिण भारतीय फिल्मको उदयलाई । जे सुकै भए पनि अक्षयकुमार यी कुरामा विश्वास गर्दैनन् । बरु अक्षयकुमारलाई लाग्छ केही

एक्सन फिल्म ‘राजा’ बन्ने, हिरोमा राज कटुवाल

नेकपा एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालले फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । यी तीन निर्माताबीच फिल्म ‘राजा’ निर्माणमा सहकार्य निश्चित भएको छ । झट्ट सुन्दा फिल्मको शीर्षक राजनीतिक लागे पनि यसको कथावस्तु र शैली चाहिं एक्सनप्रधान हुने जनाइएको छ । फिल्मको प्रमुख

मोडल रेश्मा घिमिरे रास्वपा उम्मेदवार गौतमलाई भोट माग्दै वर्षा र उषापछि

मोडल तथा टेलिभिजन होस्ट रेश्मा घिमिरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी गौतमको चुनावी घरदैलोमा मोडल घिमिरेले पनि सहभागिता जनाएकी हुन् । पेप्सीकोलाको घरदैलोमा उनले सोविताको पक्षमा भोट समेत मागिन् । ‘नेपाल आइडल’की होस्ट

हायात र लाउरे लिम्बूबीच प्रेम चर्चा

लाउरे नामले युवापुस्तामाझ चर्चित तथा अभिनेता आशिष राना विभिन्न कारणले मिडिया हेडलाइन बनिरहन्छन् । लागुऔषध मुद्दामा हिरासतमुक्त भएपछि उनी यतिबेला सांगीतिक टुर र जनचेतनमूलक कार्यमा सक्रिय छन् । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेकै छ र गीत पनि रिलिज गरिरहेका छन् । रिलेसनसिप स्टाटसको कुरा गर्दा लाउरे सिंगल हुन् भन्ने कुरा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.