आफैंले ओस्कारमा पठाएको फिल्म ‘जोयल्याण्ड’लाई पाकिस्तानले लगायो मुलुकभित्रै प्रतिबन्ध

पाकिस्तानको एउटा निर्णय जसले फिल्मप्रेमीलाई आश्चर्यमा पारेको छ । उसले फिल्म ‘जोयल्याण्ड’लाई औपचारिक रुपमा ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्दै सिफारिस गरे । यतिबेला भने सोही फिल्मलाई पाकिस्तानले मुलुकभित्रै प्रतिबन्ध लगाइदिएको छ । सुन्दा आश्चर्य हुनसक्छ, तर यथार्थ यही हो । पाकिस्तानी अधिकारीहरुले स्याम सदिक निर्देशित फिल्म ‘जोयल्याण्ड’मा प्रशस्तै आपत्तिजनक दृश्यहरु

नेपालमा ‘वाकान्डा फरेभर’ र ‘उचाइ’को ओपनिङ प्रक्षेपणभन्दा न्यून, कमाइ कति ?

यस साता नेपालमा रिलिज भएका हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र बलिउड फिल्म ‘उचाइ’ दुवैले प्रक्षेपणभन्दा कमजोर ओपनिङ गरेका छन् । विश्वमै बहुप्रतीक्षित मानिएको ब्ल्याक प्यान्थरको दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा एक करोडभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण थियो । अर्कोतर्फ नेपालमै सुटिङ भएको ‘उचाइ’ले सम्मानित ओपनिङ गर्ने अनुमान

‘आरआरआर २’ ल्याउँदै निर्देशक राजामौली

निर्देशक एसएस राजामौलीले ब्लकबस्टर फिल्म ‘आरआरआर’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका छन् । फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर कथा लेखन थालेको उनले जनाएका छन् । नेपालमा समेत १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘आरआरआर’ले हालै जापानी बक्स अफिसमा रेकर्ड राखेको थियो । साथै, जापानमा सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्मको

रिस्ता र सुनिशाको ‘पासो’ ट्रेलर : अपहरणबाट मुक्त हुन युवतीले गरेको संघर्षको कथा

फिल्म ‘पासो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । फिल्म मंसिर १६ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ । काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरमा थ्रिलर तत्व समावेश छ । दुई युवती चरित्रले बाँच्नका लागि गरेको संघर्षको कथा फिल्मले पेस गर्छ । अपहरणमा परेका दुई युवतीले त्यसबाट मुक्त हुन कसरी संघर्ष

‘हेराफेरी ३’मा हेरफेर : अक्षयकुमार बाहिरिंदा कार्तिक आर्यन भित्रिए

‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो । दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए । यो खबर आउँदा अक्षयका फ्यान

‘भ्वाइस अफ नेपाल’ नकआउट राउण्ड : टीम राजुबाट को–को प्रवेश गरे लाइभ शोमा ?

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड निकै रोचक देखिएको छ । टीम प्रमोदको नकआउट एपिसोडसँगै सुरु भएको श्रृंखलामा शनिबार बेलुका टीम राजुका ट्यालेन्टले प्रतिस्पर्धा गरे । टीम राजुबाट पनि तीन जना छानिएका छन् र उनीहरु लाइभ शोमा प्रवेश गरेका छन् । करण राई, रिवाश गुरुङ

राजेश हमालले गरे फिल्म ‘सरी मम’को गीत रिलिज, फिल्म मंसिर १५ मा

लागुऔषधविरुद्धको सन्देश दिने फिल्म ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ ।अभिनेता राजेश हमालको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माताले गीतसहित रिलिज मिति पनि घोषणा गरे । यो फिल्म मंसिर १५ मा रिलिज हुने भएको छ ।निर्माता विनोद लामाले फिल्मलाई एक साता मात्रै हलमा प्रदर्शन गर्ने बताए । फिल्मलाई बागमती प्रदेशमा

‘महापुरूष’ हेर्न २५ वर्षपछि फिल्म हलमा कुलमान घिसिङ

लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फिल्म ‘महापुरुष’ हेरेका छन् । शनिबार चावहिलको एफएक्युब हलमा सपरिवार पुगेर उनले फिल्म हेरे । महजोडीको अभिनय रहेको र हेर्नेले राम्रो भनेकाले दर्शक बनेर बिदाको समय सदुपयोग गरेको उनले बताए । हेरेपछि प्रतिक्रिया दिंदै घिसिङले आफूलाई मन पर्ने

भ्वाइस अफ नेपालमा नकआउट प्रतिस्पर्धा : टीम प्रमोदबाट को–को लाइभ राउण्डमा प्रवेश गरे ?

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड सुरु भएको छ । शुक्रबार सम्पन्न नकआउट राउण्डको पहिलो एपिसोडमा टीम प्रमोदका नौ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो । जसमध्येबाट तीनजना छानिएका छन् र उनीहरु लाइभ चरणमा प्रवेश गरेका छन् । आशिष महर, आशिष रायमाझी र योगेश मगर टीम

नेपाल फिल्म क्याम्पस र न्युयोर्क एकेडेमीबीच चलचित्र निर्माण र विद्यार्थी आदानप्रदानबारे सम्झौता

नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ । क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाद भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलर र आफूले सम्झौता गरेको जानकारी गराएका हुन् । फिल्म कलेजमा अध्ययन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.