पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् प्रेमी राहुल मोक्तानसँग बिहे

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तान विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट

लक्की ड्रको ठगी धन्दामा राजेश हमालको तस्वीर दुरुपयोग !

मंगलबार बेलुका अनामनगर बस्ने सुशील (नाम परिवर्तन)लाई ह्वाट्स एपमा एउटा म्यासेज आयो, ५० हजार अमेरिकी डलर राशीको लक्की ड्र जितेको भनेर । उक्त म्यासेजमा अभिनेता राजेश हमालको तस्वीर समेत प्रयोग छ । त्यसको केही बेरमा पुनः ह्वाट्स एप कल पनि आयो । लक्की ड्र जितेकाले बैंक खाताको पूर्ण विवरण फोन

तीज गीत छायांकन धमाधम, रातो सारीमा अञ्जली र करिश्माको तीज मुड

हिन्दू महिलाको पर्व हरितालिका तीज आउन करिब दुई महिना बाँकी छ । सांस्कृतिक कोणबाट तीज अब महिलाको पर्व मात्र रहेन । बरु कला र संगीतको पाटो पनि जोडिएको छ । तीज पर्व नजिकिंदै जाँदा तीज गीत निर्माणको चटारो सुरु भएको छ । अहिले लोकगीत कलाकारलाई तीज गीत बनाउन भ्याइनभ्याइ छ

किरात सभ्यताको प्रतीक मानिने खुवालुङमा आधारित नाटक मञ्चन हुने

किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित खुवालुङमा आधारित रहेर नाटक मञ्चन हुने भएको छ । साउन ६ देखि २९ गतेसम्म काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुन लागेको हो । यसअघि ‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाएका किरण चाम्लिङ राईले यसलाई निर्देशन गर्दैछन् । नाटकले

गाउँ डुल्दैछन् विपिन र नम्रता, स्थानीय लवज र भेषभूषा सिक्दै

सामाजिक र प्रेमकथामा आधारित हुने फिल्म ‘प्रसाद २’ छायांकनको तयारीमा छ । अहिले कलाकारहरु बागलुङ र कास्कीका गाउँ–गाउँमा पुगेर त्यहाँको रहनसहन र लवज सिक्दैछन् । आफूलाई चरित्रमा बदल्न नम्रता श्रेष्ठ, विपिन कार्की, राज कटुवाल, कमलमणि नेपाल लगायतको कलाकार टोली गाउँमा पुगेका हुन् । उनीहरु यसैसाता बागलुङ बजार नजिकको भकुण्डे गाउँमा

‘अवतार’को चौथो र पाँचौं श्रृंखलाको निर्देशन जेम्स क्यामरुनले नगर्ने

विश्व प्रतिष्ठित फिल्म निर्देशक जेम्स क्यामरुनले ब्लकबस्टर ‘अवतार’को चौथो र पाँचौं श्रृंखलाबाट हात झिकेका छन् । ‘अवतार’को विशेष संस्करण नै प्रकाशित गरेको बेलायतको अम्पायर म्यागजिनले क्यामरुनले अवतारका ती श्रृंखला निर्देशन नगर्न सक्नेबारे उल्लेख गरेको हो । ‘अवतार २’ पुस १ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । अवतारको तेस्रो, चौथो र

‘झिंगेदाउ’को ‘आगोबिना बिंडी जल्दैन’ गीत : माया दर्शाउँदै केकी, आँचल, मुकुन र कुशल

‘आगोबिना बिंडी जल्दैन तेलबिना बाती बल्दैन त्यस्तै हो ए माया तिमीबिना जीवन चल्दैन’ केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसाल अभिनित फिल्म ‘झिंगेदाउ’को गीत ‘आगोबिना बिंडी जल्दैन’ रिलिज भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । ललितपुरको शिरकाली चौरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड

अनमोल ‘जेरी २’मा अनुबन्धित, हेमराज बीसीले नै निर्देशन गर्ने

अभिनेता अनमोल केसी फिल्म ‘जेरी २’मा अनुबन्धित भएका छन् । सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । आइतबार काठमाडौंको मेरियट होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ

फिल्म ‘काली’को पोस्टर विवाद चर्किंदै, दिल्ली प्रहरीमा मुद्दा दर्ता

फिल्म ‘काली’को पोस्टर सार्वजनिक भएसँगै विवादमा परेको छ । लीना मणिमेक निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा देवीले चुरोट तानिरहेको चित्रण गरिएपछि विवाद सिर्जना भएको हो ।फिल्मको पोस्टरमा कालीको एक हातमा एलजीबीटी समुदायको सप्तरंगी झण्डा पनि देखाइएको छ । पोस्टर विवादित भएपछि यो विषय प्रहरीमा समेत पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार

सलोन र शिल्पाको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने

सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने भएको छ । ६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ । त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.