बीटीएस गायक भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली
दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका एक सदस्य भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली बनेका छन् । गुगलका अनुसार सन् २०२२ को जुनसम्म उनलाई सबैभन्दा धेरै सर्च गरिएको छ । फ्यानले उनको व्यक्तित्व र गतिविधिबारे बढी गुगलमा चासो राखेको जनाइएको छ । धेरै खोजिनेको दोस्रो स्थानमा पनि बीटीएसकै जङकुक छन् ।


