‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटको ‘अवतार २’ लुक्स रिलिज
२६ वर्षपछि ‘टाइटानिक’ अभिनेत्री केट विन्सलेटले निर्देशक जेम्स क्यामरुनसँग सहकार्य गरेकी छन् । ‘अवतार’को दोस्रो श्रृंखलाले हलिउडका यी दुई हस्तीलाई सँगै ल्याएको छ । ‘अवतार : द वे अफ वाटर’ पुस १ गते नेपालमा रिलिज हुँदैछ । हलिउड म्यागजिन ‘द अम्पायर’मार्फत निर्माताले केट विन्सलेटको अवतार लुक्स सार्वजनिक गरेका छन् ।


