‘बाबरी रंग’ मा रोमान्टिक भए अदीति र धिरज
फिल्म ‘बाबरी’ को रोमान्टिक गीत ‘बाबरी रंग’ सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री अदीति बुढाथोकी र धिरज मगरको अभिनय देन सकिन्छ । फिल्ममा पनि यी दुबै कलाकारको मुख्य भुमिका रहेको छ । गीत अनमोल गुरुङले लेखेका हुन् ।


