सधैंलाई नेपाल छाड्दै बीमाकुमारीले भनिन्– म जस्तो रोएर कोही हिंड्नु नपरोस्
चर्चित लोकदोहोरी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै नेपाल छाडेकी छन् । केही दिनअघि उनी श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगेकी हुन् । उनी निकट स्रोतका अनुसार दुरा दम्पती अब न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका हान्निएका हुन् । उनकी छोरी चार वर्षदेखि अमेरिकामा बस्दै आएकी छन् । अमेरिका


