अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’लाई मध्यपूर्वमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट
मध्यपूर्वका तीन ठूला फिल्म बजार कतार, ओमान र कुवेतमा अक्षयकुमार स्टारर ‘सम्राट पृथ्वीराज’को प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ । निडर र पराक्रमी राजा पृथ्वीराज चौहानको जीवन र पराक्रममा फिल्म आधारित छ । फिल्ममा अक्षयले वीर योद्धाको भूमिका निर्वाह गरेका छन्, घोर राज्यका क्रुर शासक मोहम्मदबाट भारतलाई जोगाउन महत्वपूर्ण भूमिका खेले ।


