‘लुट’को तेस्रो सिक्वेल बन्ने, पटकथा लेखन सुरु

नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर कायम राखेको फिल्म ‘लुट’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । निर्माता माधव वाग्लेले फिल्मको पटकथा लेखन सुरु भएको जानकारी दिएका छन् । सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । नेपाली फिल्ममा संकटकाल लगाउने तयारी

अनुप र आनाको मुख्य भूमिका रहने ‘मायाको माया’को शुभसाइत

अनुपविक्रम शाही र आना शर्माको मुख्य भूमिका रहने फिल्म ‘मायाको माया’को शुभसाइत गरिएको छ । मंगलबार ललितपुरको खोकनास्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तमा फिल्मका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । रोहितकरण वैद्यको निर्देशन रहने फ्यामिली ड्रामामा आना र अनुपले अनस्क्रिन रोमान्स गर्ने पक्का भएको हो

पीकेलाई पछि छाड्यो केजीएफले

साउथका सुपरस्टार यशको फिल्म केजीएफ–२ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । अहिले यो फिल्मले ११ दिनमा विश्वभर ८८० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । योसँगै केजीएफ–२ पनि आमिर खानको ’पीके’ लाई पछि पार्दै छैटौँ सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। यति मात्र होइन, फिल्मको हिन्दी

‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथा : सौगात

अभिनेता सौगात मल्लले फिल्म ‘मन्त्र’ हिमाली भेगको सबैभन्दा राम्रो कथामा निर्माण भएको बताए । उनले ‘मन्त्र’ एउटा अर्गानिक कथाको रुपमा समेत चर्चा भएको बताए । ‘‘मन्त्र’ मैले अहिलेसम्म अभिनय गरेको फिल्म भन्दा भिन्न कथामा निर्माण भएको छ’ सौगातले भने ‘फिल्मले हिमाली भेगको प्रेमकथा, रहनसहन सबै देखाउँछ ।’ पोष्ट प्रोडक्सनमा आफुले

अमेरिकामा ‘हल्कारा’लाई दुई अवार्ड

अमेरिकाको टेक्सासमा आयोजित ‘ह्युस्टन फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘हल्कारा’ ले दुई अवार्ड जितेको छ । विक्रम सापकोटाको निर्देशन रहेको फिल्मले ‘प्लाटिनम रेमी अवार्ड’ र यसका छायांँकार चिन्तनराज भण्डारीले ‘गोल्ड रेमी अवार्ड’ हात पारेको हो । गत २० देखि २४ तारिखसम्म आयोजित फेस्टिभलमा यसै फिल्मबाट अभिनेता महेश त्रिपाठी पनि मनोनयनमा थिए

अभिनेत्री दीया पुगिन् एभरेस्ट बेस क्याम्प

अभिनेत्री दीया पुन सगरमाथाको बेस क्याम्प (५३४८ मिटरको उचाइमा) पुगेकी छन् । गत महिनाको अत्यमा सगरमाथा आरोहणका लागि निस्किएकी पुनले बेस क्याम्पमा पुगेर तस्बिर समेत सार्वजनिक गरेकी हुन् । पुन १६ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मन्त्र’ की अभिनेत्री पनि हुन् । आरोहण अगाडि उनलाई फिल्म युनिटले फिल्मको पोस्टर र

कमेडी र हरर दृश्यले भरिएको कार्तिकको ‘भूल भुलैया २’को ट्रेलर

कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’को ट्रेलर रिलिज भएको छ । अनिष बज्मी निर्देशित फिल्म ट्रेलर कमेडी र हरर दृश्यले भरपुर छ ।भुषण कुमार र मुराद खेतानी निर्माता रहेको यो फिल्म आगामी मे २० मा सिनेमा हलमा रिलिज हुँदैछ । ‘भूल भुलैया २’मा कार्तिकका अलावा कियारा आडवाणी र

‘छड्के २’को अडिसन सुरु, सौगात र नम्रताको होला निरन्तरता ?

आगामी असारदेखि ‘छड्के २’को छायांकन सुरु हुने भएको छ । सन् २०१३ को चर्चित फिल्मको दोस्रो श्रृंखलाले मंगलबार अडिसन आह्वान गरेको छ । भरतपुरस्थित निर्वाणा स्कुलमा अडिसन डाकिएको हो । वैशाख १८ देखि २१ गतेसम्म हुने अडिसनमा मार्सल आर्ट्स कला भएकालाई प्राथमिकता दिइने जनाइएको छ । गत दशैंमा रिलिज मिति

सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज

सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ । आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म सिनेमा हलमा रिलिज भएको दुई महिनापछि मंगलबारबाट नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो । ‘गंगुबाई काठियावाडी’ गत फेब्रुअरी २५ मा सिनेमा हलमा प्रदर्शनमा आएको थियो । ‘दी माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि

अमेरिकी फिल्म फेस्टिभलमा महेश त्रिपाठी सर्वोत्कृष्ट अभिनेता

फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट अभिनेता महेश त्रिपाठीले पहिलो अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो । अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए । ग्याभिन
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.