गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’
गोरखाको दुर्गम लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रिटी नेपालको आयोजनामा धार्चे गाउँपालिका–४ लाप्राकमा मंगलबारदेखि महोत्सव सुरु भएको हो । गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले महोत्सव उद्घाटन गर्दै गाउँमा चलचित्र महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ। गुरुङ फिल्म ‘फुङ’को


