एक दशकपछि जितु र दमनको ‘मिलन’, मुन्द्रेको कमेडी क्लबमा सहकार्य गर्दै
हास्य कलाकार जितु नेपाल र दमन रुपाखेतीको जोडी पुनः एक भएको छ । टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा यी दुईले सहकार्य गर्ने भएका छन् । जीतु र दमनले यसको पुष्टि गरेका छन् । दिनेश डीसी निर्देशित हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’मा अभिनय गर्ने क्रममा जितु र दमनको भेट भएको थियो


