पूर्वपत्नी र प्रेमिकासँग ऋतिक रोशनको सेल्फी !

अन्ततः बलिउड अभिनेता ऋतिक रोशनले सबा आजादसँगको प्रेम सम्बन्धलाई पुष्टि गरेका छन् । केही दिनअघि यी दुई लभबर्ड एयरपोर्टमा हात समातेर हिंडेको बेला देखिएका थिए । त्यसलगत्तै ऋतिक पूर्वपत्नी सुजैन र उनका प्रेमी अर्सलान गोनीसँग लिएको सेल्फीमा पनि देखिए । सेल्फीमा उनीहरु खुसी मात्र देखिएका छैनन्, सेलिब्रेसन मुडमा समेत छन्

खाली खुट्टा फिल्म हल पुगे रामचरण

साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै हलमा पुगेका छन् । उनी हालै मुम्बईमा रहेको गेटी

दुई वर्षपछि स्टेजमा फर्किंदै नेपथ्य, नयाँ वर्षको दिन दमकमा कन्सर्ट गर्ने

कोरोना महामारीका कारण रोकिएका स्टेज कार्यक्रम फेरि लय समात्न थालेका छन् । देशका विभिन्न स्थानमा भइरहेका मेला, महोत्सव तथा कन्सर्टमा अधिकांश चर्चित कलाकारहरु व्यस्त बनेका छन् । नयाँ वर्ष नजिकिंदै जाँदा सांगीतिक कार्यक्रम आयोजना गर्ने क्रम अरु बढेको छ । यसैबीच, मुलुकको चर्चित लोक–रक ब्याण्ड नेपथ्य पनि स्टेज कार्यक्रमका लागि

‘षट्कोण’को टिजर : खोज पत्रकारको भूमिकामा कर्मा

कर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्मले दर्शकमा कौतूहलता सिर्जना गर्छ । लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु टिजरमा देखिएका छन् ।मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कर्मा पत्रकारको चरित्रमा

एड सिरनले ‘सेप अफ यु’ गीत चोरी नगरेको अदालतको फैसला

बेलायती गायक एड सिरनले सन् २०१७ को आफ्नो चर्चित गीत ‘सेप अफ यु’लाई लिएर अदालतमा चलिरहेको प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा जितेका छन् । रोयटर्सका अनुसार गायक सिरन र गीतकार जोनी म्याकडेड र निर्माता स्टिभ म्याककुचिएनले उक्त गीतलाई सन् २०१५ को सामी चोक्रीको गीत ‘ओ ह्वाइ’बाट चोरी गरिएको भन्ने आरोपलाई अस्वीकार गरेका

नीताको ‘ह्रस्वदीर्घ’मा सलोन अनुबन्धित

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् । सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ । चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको प्रमुख भूमिकामा सलोन फिचर्ड हुने जनाइएको छ । ‘फिल्ममा सलोनको प्रमुख भूमिका नै हुनेछ । अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले अनलाइनखबरसँग

‘लण्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्धित

एबी इन्टरनेसनलले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । जेठदेखि बेलायत र फ्रान्समा छायांकन हुने यो ट्राभल लभस्टोरी फिल्ममा साम्राज्ञीले एक महत्वाकांक्षी युवतीको चरित्रमा अभिनय गर्दैछिन् । ‘अग्निदहन’बाट राष्ट्रिय फिल्म अवार्ड जितेका घनश्याम लामिछानेले फिल्मलाई निर्देशन गर्दैछन् । लामिछाने निर्देशित ‘धौली’ र

वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर रिलिज

वेब सिरिज ‘बस्तीपुर’को ट्रेलर सार्वजनिक गरिएको छ । ऐवन क्रियसन प्रालिले निर्माण गरेको यो वेब सिरिजको ट्रेलर मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो । सामाजिक विषयवस्तु समेटिएको यो वेब सिरिजको निर्माण तथा निर्देशन अमृतमान वलीले गरेका हुन् । वेब सिरिजमा कथा तथा पटकथा झग्गु भण्डारीको रहेको छ भने छायांकन विशाल रोका

विजयको ‘बिस्ट’ फिल्मलाई कुवेतमा प्रतिबन्ध

दक्षिण भारतीय सुपरस्टार विजयको आगामी फिल्म ‘बिस्ट’लाई मध्यपूर्वी मुलुक कुवेतमा प्रतिबन्ध लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएको छ । कुवेत सरकारले यो फिल्म मुलुकको हितविरुद्ध भएको समेत उल्लेख गरेको छ । विजयको यो होस्टेज थ्रिलर फिल्ममा पाकिस्तानी आतंकवादको मुद्दालाई उठाइएको कुवेतको सेन्सर बोर्डले

चलचित्रकर्मी कल्याण कोषलाई दीपक–दीपाले तीन लाख दिने

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले चलचित्रकर्मी कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । तीनैजना फिल्मकर्मीले व्यक्तिगत तर्फबाट एक–एक लाख रुपैयाँ प्रदान गर्ने भएको कोष संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले जानकारी दिइन् । कोषकी सदस्य समेत रहेकी निर्देशक निरौलाले कलाकारको दायित्व सम्झिएर कोषमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.