सवारी दुर्घटनामा अभिनेत्री गायत्रीको निधन
तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन् । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो । रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् ।


