यो साता चलेका फिल्मको व्यापार कस्तो ?
पल शाह प्रकरणको प्रभाव ‘म यस्तो गीत गाउँछु २’को बक्स अफिस कलेक्सनमा देखिएको छ । निर्माण कम्पनीले पल र पूजा शर्मा स्टारर फिल्मले पहिलो साता ४ करोड ९५ लाख रुपैयाँ ग्रस कमाइ गरेको दाबी गरेको छ । मुलुकको मल्टिप्लेक्स चेन क्यूएफएक्सका १० हलबाट सुदर्शन थापा निर्देशित फिल्मले पहिलो सात दिनमा


