रचनाले गाएको ‘न बिर्सें तिमीलाई’लाई प्रतिक्रिया : कता–कता के नपुगेजस्तो !
झण्डै डेढ दशकअघि सार्वजनिक गजल हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’ । यो गजल अञ्जु पन्त र जगदीश समाल दुवैको स्वरमा सार्वजनिक भएको थियो । गजललाई श्रोता–दर्शकले निकै रुचाए । विपिन किरणको शब्द रहेको सफल गजलमा महेश खड्काको संगीत छ । स्वर, शब्द एवं संगीत सबै पक्षबाट गजलले निकै


