पहिलो नेपाली रक गायक माइक खड्काको निधन
नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो । निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका


