शाहरुख खानको फिल्म ‘पठान’ ले गरे ऐतिहासिक कमाई

शाहरुख खानको फिल्म ‘पठान’ ले गरे  ऐतिहासिक कमाई गरेको छ । फिल्म ‘पठान’ ले लगातार नयाँ रेकर्ड स्थापित गरिरहेको छ । यशराज फिल्म्सका अनुसार ‘पठान’ ले अहिलेसम्म विश्वभर ९७० करोड भारतीय रुपैयाँ कमाइसकेको छ । फिल्मले भारतमा करिब ६०५ करोड भारु र भारत बाहिर ३६५ करोड भारु कमाएको छ ।

अभिनेत्री जेबिकाले गरिन् प्रेमी मनोजसँग विवाह

अभिनेत्री तथा मोडल जेबिका कार्कीले प्रेमी मनोज जोशीसँग विवाह गरेकी छन् । बिहीबार बत्तिसपुतली स्थित अनुप फुडल्याण्डमा आफन्त र सीमित साथीभाइको उपस्थितिमा उनले विवाह गरेकी हुन् । विगत पाँच वर्षयता प्रेममा रहेका कार्की र जोशीको केही अगाडि इन्गेजमेन्ट भएको थियो । विवाहको रिसेप्सन भने फाल्गुण ७ गते राखिएको छ ।

विवाहित महेश भूपतिको स्वभावमा फिदा भएकी थिइन् लारा दत्ता

बलिउड अभिनेत्री र खेलाडीबीच पुरानो नाता रहेको छ । धेरैजसो उनीहरू बीच अफेयरको खबर पनि आइरहन्छ । थुप्रै खेलाडी र बलिउड नायिका विवाह बन्धनमा बाँधिइसकेका छन् । एक समय बलिउड नायिका तथा पूर्व मिस युनिभर्स लारा दत्ता र टेनिस खेलाडी महेश भूपतिको प्रेमको किस्साको चर्चा पनि चारैतिर थियो र आज

इन्गेजमेन्टपछि रविनालाई बधाईको ओइरो :स्टुअर्टकी छोरीले भनिन्, ‘तपाईंहरुलाई विवाहमा भेट्न आतुर छु’

भ्यालेन्टाइन्स डेको दिनमा इन्गेजमेन्ट गरेकी पूर्व बैंकर रविना देशराजलाई बधाईको ओइरो लागेको छ । आफूले इन्गेजमेन्ट गरेको भन्दै इन्टाग्राममा फोटो हालेपछि उनलाई धेरैले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उक्त फोटोमा रविनाका छोरा–बुहारीलगायत नेपाली सिने जगत्का कलाकार र रविनाका प्रेमी स्टुअर्ट अलेक्जेन्डर च्यापम्यानकी छोरीले समेत बधाई दिँदै खुसी व्यक्त

‘कामिनो’ मा प्रदीपको जोडीमा भित्रिइन् नीति

दीपक वलीको निर्देशन रहने फिल्म ‘कामिनो’ मा अभिनेत्रीको रुपमा नीति शाह भित्रिएकी छन् । फिल्मको मुख्य भूमिका उनी भित्रिएकी हुन् । निर्देशक वलीले फिल्म अभिनयका लागि शाहसँग बुधबार सम्झौता गरेका छन् । फिल्ममा उनी अभिनेता प्रदीप खड्काको जोडीको रुपमा देखिने निर्देशक वलीले बताए । नीति चलेकी मोडल हुन् । यस

कियाराले रिसेप्सनमा लगाइन् जाम्बियाबाट ल्याइएको ‘हरियो पत्थर’ ले बनेको बहुमूल्य नेकपिस !

कियारा–सिद्धार्थले आफ्नो रिसेप्सन पार्टीमा मनिष मल्होत्राको स्टाइलिस ब्ल्याक एन्ड ह्वाइट पहिरन लगाएका थिए । कियाराले क्रिम–टोन्ड सिल्क टपसँग फिसटेल गाउन क्यारी गरेकी थिइन् र आफ्नो लुकलाई लेयर्ड डायमन्ड र एमरल्ड नेकलेसले पूरा गरिन् । कियाराले हरियो रङको स्टोन भएको गहना लगाएकी थिइन् जसमा बहुमूल्य पत्थर (रत्न) जडित थिए । के

उचित रेखदेख नपाउँदा बच्चामा उत्पन्न हुने मनोभावको सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक

भ्यालेन्टाइन डेको अवसर पारेर सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक गरिएको छ । फिल्मलाई सञ्चारकर्मीसमेत रहेका रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । २३ मिनेट ३८ सेकेन्ड लामो फिल्म राम्रो इन्टरटेनेमेन्ट युट्युब च्यानलमा रिलिज गरिएको हो । फिल्मले व्यस्त जीवनशैली अपनाउने परिवारभित्र हुर्किरहेको एउटा सानो बच्चाले रेखदेख नपाउँदा उसको मनभित्र उत्पन्न हुने मनोभावलाई

कार्तिक आर्यन भन्छन्– एक्सन फिल्म गर्न चाहन्छु तर यसैमा रहिरहन चाहन्नँ

सन् २०२२ मा ‘धमाका’ र ‘भूलभुलैया’ जस्ता हिट फिल्म दिएका बलिउड अभिनेता कार्तिक आर्यन यो वर्षको सुरुवात फिल्म ‘शहजादा’बाट गर्दैछन् । फिल्ममा कार्तिक आफ्नो ‘सिग्नेचर’ शैलीका साथ एक्सन अवतारमा देखिंदैछन् । उनले यसअघि कहिल्यै पनि एक्सन भूमिका नगरेकाले शहजादालाई लिएर उनी उत्साहित छन् । बलिउड हंगामा पोर्टलालाई दिएको अन्तर्वार्तामा कार्तिकले

निफमा फिचर फिल्मतर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित

छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को फिचर फिल्मतर्फको जुरीमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएका छन् । यससँगै आगामी चैत २ देखि ६ गतेसम्म हुने निफको जुरी कमिटीले पूर्णता पाएको निफले जनाएको छ । मोनाहान फिल्म अभिनेताका साथै फिल्म निर्माता र लेखकसमेत हुन् । यसअघि यस विधाको प्रमुखमा भारतीय फिल्म

प्रहरी नियन्त्रणमा रहेका कलाकार पवन खतिवडा मिलापत्रपछि छुटे

कुटपिटको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई छाडिएको छ । मंगलबार राति मोरङको बेलबारी नगरपालिका–४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको थियो । बुधबार साँझ कार्की पक्ष र खतिवडाबीच मिलापत्र भएपछि उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.