‘फूलबारी’को ओपनिङ अकुपेन्सी उत्साहजनक, प्रिमियरमा रामबाबुदेखि प्रियंकासम्म 

‘कबड्डी’ फेम्ड रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ले रेडकार्पेट प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । फिल्म हेरेका सेलिब्रिटी र आगन्तुकले फिल्मको कथावस्तुलाई रुचाएका छन् । बिहीबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रथम प्रदर्शनी समारोह सेलिब्रिटीको ‘फेसन स्टेटमेन्ट’ले समेत चर्चित बन्यो । फिल्मको कास्ट एण्ड क्रिउ नै उपस्थित रहेको प्रिमियरमा निर्देशक गुरुङ,

‘घरमा गाली खाएँ’ भनेको युवकसँगै गायिका त्रिशला गुरुङले गरिन् विवाह

गायिका त्रिशला गुरुङले संगीतकार रोहित शाक्यसँग विवाह गरेकी छन् । बिहीबार यी दुई संगीतकर्मीबीच लगनगाँठो कसिएको हो । रोहित उनै हुन् जसलाई प्रेमी भनेर चिनाउँदा त्रिशलाले मिडियालाई गाली गरेकी थिइन् भने आफूले घरमा समेत गाली खाएको बताएकी थिइन् ।रोहितसँग अफेयर नभएको र समाचार झुटो भएको जवाफ उनले दिएकी थिइन् ।

फिल्म ‘क्यामिनो’मा नीति शाह अनुबन्धित

दक्षिण अमेरिकी मुलुक हुँदै हिंडेर अमेरिका जाने आप्रवासी संकटको कथावस्तुमा आधारित फिल्म ‘क्यामिनो’को शीर्षमध्येको एक भूमिकामा मोडल नीति शाह अनुबन्धित भएकी छन् । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी उनी फिल्मको दुईमध्ये एक नायिकाको भूमिकामा देखिनेछिन् । नीतिसँग केही दिनअघि लिखित सम्झौता भएको निर्देशक दीपक वलीले जानकरी दिए । ‘उहाँको चुनौतीपूर्ण

‘को–हजबेण्ड’ क्यानडा, भारत, बेलायत र स्लोभाकियाको फिल्म महोत्सवमा छनौट

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनौट भएको छ । भारतको केलरामा यही फेब्रुअरी २० देखि २३ सम्म हुने साइन अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बेलायतको लण्डनमा २० फेब्रुअरीदेखि ५ मार्चसम्म हुने लण्डन माउेन्टन फिल्म महोत्सव, मार्च २४ देखि २६ सम्म क्यानडाको नर्थ बे

कुलेखानीबाट ‘ब्ल्याक छायाँ’ को छायांकन सुरु

फिल्म ‘ब्ल्याक छायाँ’ छायांकन सुरु भएको छ । बिहिबार निर्माण युनिटले कुलेखानी पुगेर फिल्मको शुभ–मुर्हत गर्दै छायांकन सुरु गरेको हो । कलाका नीर शाहले फिल्मका लागि पहिलो सट दिए । आरएल लामा मोक्तानको निर्देशन रहने फिल्ममा नीर शाह, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, सलोन बस्नेत, सुष्मा कार्की, रोडियो श्री,

वर्षा सिवाकोटी अभिनित ‘ए साथी सुन’ चैत १० मा रिलिज हुने

वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ । यो फिल्म चैत १० गते रिलिज हुने भएको छ । लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा आयन

हलमा लागे फूलबारी, एन्टम्यान र शहजादा

शुक्रबारदेखि नेपालका हलमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित मल्टिस्टारर फिल्म ‘फूलबारी’, हलिउडको प्रतीक्षित ‘एन्टम्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ र बलिउडको ‘शहजादा’ रिलिज भएका हुन् । यीमध्ये नेपाली फिल्म ‘फूलबारी’तर्फ धेरैको चासो छ । अहिलेसम्म धेरै कमाउने नेपाली फिल्म ‘कबड्डी ४’पछि निर्देशक गुरुङको

सूर्य इन्टरनेसनल अवार्डको तेस्रो संस्करण घोषणा

नेपाली फिल्म र संगीत क्षेत्रको सूर्य इन्टरनेसनल अवार्डको तेस्रो सस्करण अमेरिकामा हुने भएको छ । दुबईमा बुधबार सम्पन्न नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा अवार्ड कार्यक्रमको घोषणा गरिएको हो । कोरोना महामारीले लगातार दुई संस्करण हुन नसकेको अवार्डको मनोनयन कार्यक्रम जापानमा हुने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी,

दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की

निर्देशक दिनेश राउतले आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा पछिल्लो पुस्तामाझ चर्चित गायिका दीक्षिता कार्कीलाई अनुबन्धित गरेका छन् । शीर्षक तय भइनसकेको फिल्ममा उनले गायकसमेत रहेका स्वप्न सुमनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । संगीतकार चेतन कार्कीकी छोरी उनी युट्युबलगायत प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् । टिनएजर्सलाई लक्षित गर्दै उनले गीत रिलिज

हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन

हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । ८२ वर्षीया रक्वेलको स्थानीय समयानुसार बुधबार बिहान निधन भएको उनका म्यानेजरले जनाएका छन् । उनलाई हलिउडमा एक्सन हिरोइनका लागि मार्गप्रशस्त गर्ने श्रेय समेत दिइन्छ । सन् १९६० मा अभिनय करिअर सुरु गरेकी रक्वेललाई ‘वान मिलियन ईअर्स बीसी’ मा गरेको अभिनयका कारण ‘अन्तर्राष्ट्रिय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.