फ्रेन्च ओपनको फाइनलमा नाडाल

वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति फ्रान्स राजधानी पेरिसमा जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभ दोस्रो सेटमा घाइते भएपछी वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् । कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ ले जितेका थिए । तर,

बेल्जियममाथि नेदरल्याण्डको गोल वर्षा

नेदरल्याण्डले बेल्जियममाथि ४–१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे । पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

फ्रान्स डेनमार्कसँग स्तब्ध

साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए

मैत्रीपूर्ण फुटबलमा आज नेपाल र ओमान भिड्दै

कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२

पहिलो अभ्यास खेलमा अल स्टार्ससँग नेपाल चार विकेटले पराजित

अमेरिका भ्रमणमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको छ । बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अल स्टार्सको जितमा विपुल शर्माले ५० र गौरव बजाजले

१० वर्षदेखि बराबरी खेल्दै स्पेन र पोर्चुगल

८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे ।

एन्फा निर्वाचन : दुई उम्मेदवारी खारेज

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी खारेज भएको छ । सदस्य पदका उम्मेदवार शम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी खारेज भएको छ । समयभन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले  जानकारी दिए

मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा चौथो सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले विजयी सुरुवात गरेको छ । सिमराले बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गरेको हो

यु–१९ महिला विश्वकप छनोट : नेपालले भोलि कतारविरुद्ध खेल्ने

यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ । प्रतियोगिता अघि मलेसिया उठ्नु अघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ । शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान

जापानले पाराग्वेलाई हरायो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले दक्षिण अमेरिकी टोली पाराग्वेमाथि ४–१ को सहज जित निकालेको छ ।  होकाइदोस्थित सापोरो डोमे रंगशालामा जापानको प्रभावशाली जितमा टाकुमा असानो, डाइची कमाडा, काओरु मितोमा र एओ टानाकाले एक–एक गोल गरे । पाराग्वेका डेर्लिस गोन्जालेजले सान्त्वना गोल फर्काएका थिए । फिफा वरीयतामा जापान २३औं र पाराग्वे ५०औं
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.