आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।


