गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : नेपाल आर्मी च्याम्पियन

नेपाल आर्मीले पुरुष\महिला दुवैमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतसाथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्यो । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो । कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे

युनाइटेडलाई हराउँदै आर्सनल चौथो स्थानमा

आर्सनलले युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाइएको छ । सोमबार घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नुनो टाभारेस, बुकायो साका र ग्रान्टी साकाले एक–एक गोल गरे । युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । नुनोले खेलको तेस्रो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।​३२औँ

एन्फा निर्वाचन : इलाममा श्रेष्ठ, चितवनमा कार्की र दाङमा धिताल

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि जिल्ला फुटबल संघको निर्वाचन चलिरहेको छ । यहीबीच शनिबार भएको इलामको ७ औं साधारण सभाले बिक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इलाममा सम्पन्न सभाले संघको उपाध्यक्षमा पूर्णबहादुर लिम्बु (फत्र माईला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको हो ।

बार्सिलोनाको महिला टोलीको खेलमा रेकर्ड दर्शक

बार्सिलोनाको महिला फुटबल टोलीले च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा दर्शकको उपस्थितिको रेकर्ड बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा वुल्फ्सवर्गलाई हराउने क्रममा क्याम्प नाउमा रेकर्ड ९१ हजार ६४८ दर्शक उपस्थित थिए । यसअघि क्वार्टरफाइनलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हराउने क्रममा महिला टोलीले ९१ हजार ५५३ जना दर्शक बटुल्न सफल भएको थियो । गत

जिजसलाई अनुबन्ध गर्ने आर्सनलको तयारी

प्रिमियर लिग क्लब आर्सनलले म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिजसलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।​ आर्सनलका प्राविधिक निर्देशक डाउड गास्परले ब्राजिलियन स्टारसँग अनुबन्धको विषयमा कुरा चलिरहेको बताए । जिजसले सिटीका लागि प्रिमियर लिगमा यो सिजन २३ खेल खेल्दै ३ गोल गरेका छन् । च्याम्पियन्स लिग खेल्ने संघारमा पुगेको आर्सनलले जिजस

दिल्लीका कप्तान ऋषभलाई जरिवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो । ऋषभ

सिटिजन्स बैंक टेनिसको तयारी पूरा

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् । विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको

मदन भण्डारी स्मृति रोड रेस : मुकेश र सन्तोषी पहिलो

मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गरे । गजेन्द्र राई (१५ मिनेट ४०.४० सेकेन्ड) दोश्रो तथा श्रीकास राई (१५ मिनेट ४३.०९ सेकेन्ड) तेश्रो भए । १३ औं दक्षिण

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइड राइडर्सले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । नावी मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.