उपाधि जित्ने एपीएफ र पुलिसको दाबी

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि

एन्फा निर्वाचन : काठमाडौंमा शाहीलाई निरन्तरता

काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन् । जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले शाहीको नेतृत्वमा १५ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो । यसअघि समेत उनी नै अध्यक्ष थिए । कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदीप लामा छन् । यस्तै, सदस्यहरूमा राधाकृष्ण महर्जन, अजव

राजस्थानलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ । आजको खेलमा जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ६ खेल खेलेको राजस्थान ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा

जिम्बावे ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’सँग खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले शुक्रबार दुई सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो । नेपालले जिम्बावे ‘ए’विरुद्ध एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दै छ । त्यसका लागि क्यनले २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो । सन्दीप लामिछानेको

बार्सिलोनाको जितमा अबुमियाङको निर्णायक गोल

पियरिक इम्रिक अबुमियाङले निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा अबुमियाङले निर्णायक गोल गरे । खेलको ११ औं मिनेटमा उनले गरेको गोलले नै बार्सिलोनालाई जित दिलायो । जित सहित

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश

फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै पहिलो पटक जर्मन कपको फाइनलमा पुगेको हो । फ्रेइबर्गलाई जित दिलाउन निल्स पिटर्सन, निकोलस होफ्लर र भिकान्जो ग्रिफोले एक–एक गोल गरे । उता ह्यामबर्ग एसभीका लागि रोबर्ट ग्लाटजेलले एक गोल फर्काए ।​ फ्रेइबर्गका

फुलहम प्रिमियर लिगमा बढुवा

फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । च्याम्पियनसिप क्लब मंगलबार राति भएको खेलमा प्रिस्टन नर्थ इन्डमाथि ३–० को जित निकाल्दै प्रिमियर लिगमा बढुवा भएको हो ।​ फुलहम चार खेल अगावै प्रिमियर लिगमा बढुुवा भयो । गत सिजन रेलिगेसनमा परेको एक सिजनमै फुलहम बढुवा भएको हो । घरेलु मैदानमा फुलहमलाई जित

सहिद रत्नकुमार वान्तावा बुद्धिचाल प्रतियोगिताको उपाधि रुपेशलाई

क्रेजी संवाददाता पथरी । ‘सहिद रत्नकुमार वान्तावा अन्तर प्रदेश फिडे रेटिङ खुल्ला बुद्धिचाल प्रतियोगिता’को उपाधि रौतहटका रुपेश जैसवालले जितेका छन् । पथरीशनिश्चरे नगरमा स्थापित फ्रेन्डसीप चेस क्लबको आयोजनामा आइतबारदेखि (बैशाख ५–७ गते) तीन दिनसम्म भएको प्रतियोगितामा जैसवालले सात राउण्डको खेलमा ६ अंक ल्याएर उपाधि जितेका हुन् । यसैगरी झापाका राजन

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीया रोनाल्डो​ले छोरीको जन्म भने भएको खुलासा गरे । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको

बार्सिलोना पराजित

लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ । ​भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको हो । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको दोस्रो स्थानमा अंक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.