ग्रेयलिस म्यानचेस्टर सिटीमा
म्यानचेस्टर सिटीले इंलिस मिडफिल्डर ज्याक ग्रेयलिसलाई क्लबमा भित्र्याएको छ । सिटीले १० करोड पाउन्ड खर्चिएर ग्रेयलिसलाई एस्टन भिल्लाबाट क्लबमा भित्र्याएको हो । खेलाडी किन्दा बेलायती क्लबले खर्चिएको यो अहिलेसम्मकै ठूलो रकम हो । २५ वर्षीय ग्रेयलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन् । उनले सिटीमा १० नम्बरको जर्सी लगाउनेछन् ।


