सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । यही अगष्ट अन्तिमदेखि सीपीएल टी–२० क्रिकेट आयोजना हसँदैछ । तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकोले सीपीएल गुमाउने भएका हुन् । यसअघि भिसा समस्याका कारण सन्दीपले टी–२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका थिए

एफसी चितवन र झापा एफसीबीच सहकार्य

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल

सी डिभिजन लिग छनोटका लागि ७९ टिम

शहीद स्मारक सी डिभिजन लिग छनोटका लागि ७९ टिमले नाम दर्ता गरेका छन् । यही अगष्ट २६ अर्थात् भदौ १२ गतेदेखि हुने छनोटमा ७९ टिम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटमा बागमती प्रदेशबाट सर्वाधिक ६२ टिम छन् । यस्तै प्रदेश एकबाट ७ टिम र बाँकी अन्य

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत समूह एफमा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ । छनोट अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ । समूह एफमा नेपाल र फिलिपिन्ससँगै हङकङ पनि

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई

मेस्सीबिना नयाँ सिजनमा बार्साको विजयी सुरुवात

स्टार खेलाडी लियोनेल मेस्सीबिना बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको हो । जेरार्ड पिकेले खेलको १९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ब्राथवेटले दुई गोल थप्दै बार्सिलोनाको

साबिक विजेता सिटी पहिलो खेलमा नै स्तब्ध

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम हटस्पर्सले सिटीलाई १–० गोलले हराएको हो । सिटी जान इच्छुक स्टार खेलाडी ह्यारी केन बिना नै मैदानमा उत्रिएको स्पर्सका लागि दोस्रो हाफमा सन हिउङ–मिनले गरेको एक मात्र गोल निर्णायक बन्यो

जर्मनीका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन

जर्मनी तथा बायर्न म्युनिखका पूर्व स्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी इतिहासकै उत्कृष्ट स्ट्राइरहरुमध्ये एक मानिन्छन् । मुलरले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले नै निर्णायक गोल गरेका थिए । १५ वर्षसम्म बायर्न म्युनिखबाट

पेरिसको यो होटलमा बसिरहेका छन् मेस्सी, एक रातको भाडा २८ लाख रुपैयाँभन्दा बढी

अर्जेन्टिनाका दिग्गज फुटबलर लियोनेल मेस्सीले हालै पेरिसको सेन्ट जर्मेनसँग करार गरेका छन् । मेस्सीले बार्सिलोनाबाट हट्ने निर्णय गरे र अब उनलाई पीएसजीका लागि खेलेको देख्न सकिन्छ । मेस्सी आजकाल फ्रान्सको राजधानी पेरिसमा बसिरहेका छन् र परिवारसँग समय बिताइरहेका छन् । रिपोर्टका अनुसार मेस्सी आफ्नी श्रीमती एन्टोनेला र तीन सन्तानसँग पेरिसको

दोस्रो टेष्टमा भारत विजयी

भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई १५१ रनले पराजित गरेको छ । लर्ड्समा प्राप्त जितपछि भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड अन्तिम दिन खराब ब्याटिङ गर्दै १२० रनमै अलआउट भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.