कोभिड कप फुटबल २०२१ हुने

चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार

किरण एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने । एएफसीले पछिल्लो

एनभीए क्लब लिग भलिबल : बुलबुले राराविरुद्ध एपीएफको संघर्षपूर्ण जित

पाँचौं आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विभागीय टिम एपीएफले विजयी शुरुवात गरेको छ । नेपाल भलिबल संघको आयोजनामा बिहिबारदेखि सुरु भएको प्रतियोगितामा एपीएफले पुरुषतर्फ विजयी शुरुवात गरेको हो । दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा एपीएफले तीन पाकिस्तानी खेलाडी सहभागी भएको बुलबुले रारा क्लबलाई ३–१ को

प्रिन्सले हरेक प्रतियोगिता जित्दा गौतम बुद्ध रंगशालालाई ५ हजार सहयोग गर्ने

नेपाली युवा ब्याटमिन्टन स्टार प्रिन्स दाहालले आफूले आगामी वर्ष जित्ने हरेक प्रतियोगितावापत ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने बताएका छन् । फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने लक्ष्यसहित प्रिन्सले यस्तो घोषणा गरेका हुन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालमा २०७८ सालमा आफूले जित्ने राष्ट्रिय

सनलाई भित्र्याउने म्युनिखको योजना

टोट्टेनह्याम हट्सपरका दक्षिण कोरियाली स्टार सन हिन्ग मिनलाई भित्र्याउनका लागि बार्यन म्युनिखले तयारी थालेको छ । यस सिजनमा सनले टोट्टेनह्यामका लागि १८ गोल गरेका छन् भने १६ वटा एसिस्ट उपलब्ध गराएका छन् । गत अक्टुबरमा स्पोर्टस् मेलले टोट्टेनह्याम र सनबीच २ लाख पाउन्ड लिनेगरी सहमति भएको समाचार खुलासा गरेको थियो,

ह्यारी केनले बनाए सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान

ह्यारी केनले इङल्यान्डका लागि सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान बनाएका छन् । केनले पोल्यान्डविरुद्ध बुधबार पेनाल्टीमार्फत गोल गरेका हुन् । यससँगै पेनाल्टी स्पटबाट उनले गरेको गोलसंख्या १० पुुग्यो । यसअघि फ्रयाङ्क लाम्पार्डको नाममा सर्वाधिक धेरै पेनाल्टी गोल गर्ने कीर्तिमान थियो । उनले ९ पटक पेनाल्टी गोल गरेका थिए । बिम्बलीमा

‘बलियो नेपाल कप’को उद्घाटन खेलमा प्युठान र दाङ भिड्ने

आगामी शनिबारबाट सुरु हुने बलियो नेपाल कप क्रिकेटको उद्घाटन खेलमा प्युठान ११ र दाङ ११ बीच प्रतिस्पर्धा हुने भएको छ । दाङको लमही क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । दोस्रो खेलमा नवलपरासी ११ र पाल्पा ११ बीच प्रतिस्पर्धा

विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित

फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक–एक लाख दिने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो

विश्वकप छनोट : पोर्चुगलको पुनरागमन जित

फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले लक्जेमबर्गलाई पुनरागमन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३–१ को जित हात पारेको हो । खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १–० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.