लेस्टर सिटीलाई हराउँदै न्युक्यासल दोस्रो स्थानमा उक्लियो

लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो । जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो

लिभरपुलको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकालेको छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो । लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७ औं मिनेटमा २–० को अग्रता

आर्सनलको लय कायमै

स्टार खेलाडी गाब्रियल जेसुस घाइते भएपनि बुकायो साका र एडी एनकेटीयको उत्कृष्ट प्रदर्शनमा माइकल अर्टेटाको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता बनाएको छ । बक्सिङ डे अर्थात सोमबार राति भएको खेलमा आर्सनलले पुनरागमन गर्दै वेस्टहाम युनाइटेडलाई ३–१ ले हरायो । खेलको २७ औं मिनेटमा साइड बेन्राहमाले पेनाल्टीमा गोल गर्दै

नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात

काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सवै विकेट गुमाउँदै एक सय ३६ रनमा सिमित बनेको थियो । ओपनर

साम करन बने आईपीएलको सबैभन्दा महँगो खेलाडी, पूरन महँगा विकेटकिपर

इङ्ल्यान्डका अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामी इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् । २४ वर्षीय करनलाई शुक्रबार कोच्चिमा भएको लिलामीमा पञ्जाब किंग्सले १८.५० करोड भारुमा किनेको थियो । यसअघि सबैभन्दा महँगो खेलाडीको कीर्तिमान दक्षिण अफ्रिकाका क्रिस मोरिसको नाममा थियो । उनलाई १६.२५ करोडमा खरिद गरिएको थियो

भलिबलमा नेपालको लगातार दोस्रो हार

बंगबन्धु एसियाली यू–२३ सेन्ट्रल एसियाली जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा शुक्रबार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो । श्रीलंकाले नेपाललाई २६–२४, २५–१८ र २५–१७ ले पराजित गरेको छ । यससँगै नेपालको उपाधिको सम्भावना सकिएको छ । यसअघि नेपाल आयोजक

पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९ औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत

पहिलो जितको खोजीमा नेपाल

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशलाई हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा जित निकाल्ने योजनामा छ । नेपाल पहिलो खेलमा सोझो सेटमा पराजित भएको

काराबाओ कपको क्वार्टरफाइनल समीकरण पूरा

काराबाओ कपको क्वार्टरफाइलन समीकरण पूरा भएको छ । विहीबार राति लिभरपुल र म्यानचेस्टर सिटीको खेलसँगै अन्तिम आठको टुंगो लागेको हो । आठ पटकको च्याम्पियन सिटीसँगै म्यानचेस्टर युनाइटेड, चार्लटन एथलेटिक, साउथह्याम्पटन, नटिङ्घम फोरेस्ट, उल्भ्स, न्युक्यासल युनाइटेड र लेस्टरसिटी क्वार्टरफाइनलमा पुगेका छन् । युनाइटेडले चार्लटनसँग खेल्दा साउथह्याम्पटन र सिटी भिड्नेछन् । यसैगरी

अठार वर्षपछि मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

जीर्ण अवस्थामा रहेको झापाकै पुरानो र स्थायी मेची रङ्गशालाको स्तरोन्नतिका लागि अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो भएता पनि विगत १८ वर्षयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरू यो रङ्गशालामा हुन नसक्दा जीर्ण भएको हो । जीर्ण रङ्गशालाको स्तरोन्नति गर्ने उद्देश्यले भद्रपुर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.