विश्वकप फुटबल : क्वार्टरफाइनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक

एसिया रग्बीका अध्यक्ष कैस नेपालमा

एसिया रग्बीका अध्यक्ष कैस अल धलाइ बिहीबार नेपाल आएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन् । दुईदिने प्रतियोगिता एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन गइरहेको छ । नेपाली रग्बीको इतिहासमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय रग्बी हुन

नेपाल स्कटल्याण्डसँग पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गयो । स्कटल्याण्डको जीतमा क्रस्टोफर म्याकब्रिडिले

नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड क्रिकेट मैदानमा आज टस जितेर पहिले व्याटिङ गर्दै नेपालले ३५ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ११९ रन मात्र बनायो । नेपालका लागि कप्तान

नेपाल र स्कटल्याण्ड खेल्दै

आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ। यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी

दोस्रो एक दिवसीयमा भारतलाई ५ रनले हराउँदै बंगलादेशलाई शृङ्खला

भारत र बंगलादेशबीचको मिरपुरमा भएको रोमाञ्चक खेलमा बंगलादेशले भारतलाई ५ रनले पराजित गरेको छ । बंगलादेशले दिएको २७१ रनको लक्ष्य पछ्याएको यस खेलमा भारतले २६६ रन मात्रै बनाउन सक्यो । भारतको सुरुवात खराब रह्यो, विराट कोहलीले दोस्रो ओभरमा ५ रनको व्यक्तिगत स्कोरमा आफ्नो विकेट गुमाए । त्यसपछि तेस्रो ओभरमा ८

नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ । नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए

स्टार फुटबलर रोनाल्डो : पहिले पाखा लगाइए, पछि रामोसको छायामा परे

पोर्चुगल र स्वीट्जरल्याण्डबीचको अन्तिम १६ को खेलमा पोर्चुगलका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई सब्टिच्युटमा राखिएपछि फुटबल जगतका पण्डितहरुले विभिन्न अनुमान गर्न थालेका थिए । तर सो खेलमा अधिकांश समय सब्टिच्युटको बेच्नमा रहेका रोनाल्डोबिनै पोर्चुगल टोलीले स्वीट्जरल्याण्डविरुद्ध ६–१ जित हासिल गर्यो । मंगलबारको खेलपछि पोर्चुगलका कोच र रोनाल्डोबीचको सम्बन्ध चिसिएको अनुमानलाई पोर्चुगलका

हाजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बेल्जियमका स्टार इडन हाजार्डले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकपबाट बेल्जियम समूह चरणबाटै बाहिरिएपछि ३१ वर्षीय खेलाडीले सन्यासको घोषणा गरेका हुन् । ‘ म एउटा पाना पल्ट्याउँदैछु । तपाईंको मायाका लागि धन्यवाद,’ उनले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन्, ‘तपाईंको समर्थनका लागि धन्यवाद । सन् २००८ ले हामीले

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुँदै

नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.