क्यान्सर पीडित संगीताका लागि सहयोगको याचना (सके सहयोग नसके शेयर गरिदिनुहोला) - Crazysaptahik.com

क्यान्सर पीडित संगीताका लागि सहयोगको याचना (सके सहयोग नसके शेयर गरिदिनुहोला)


क्रेजी साप्ताहिक
उर्लाबारी । मुखको क्यान्सरबाट पीडित मोरङ मधुमल्लाकी एक महिलाको उपचारका लागि सहयोग गरिदिन उनका परिवारजनले आग्रह गरेका छन् । मिक्लाजुङ ७ छत्तिसविघेकी ३५ वर्षीया संगीता रिमाललाई मुखको क्यान्सर भएपछि हाल भारतको दिल्लीस्थित राजिव गान्धि क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

तर, रकम अभावमा उपचार गर्न कठिन भएको भन्दै उनका देवर हरिभक्त रिमालले सहयोगका लागि आग्रह गरेका हुन् । ‘१२ लाख खर्च भएको छ, भएको रकम सबै सकियो’, हरिभक्तले भने ‘एक टुक्रो जग्गा बेच्दा पनि पुगेन । उनका अनुसार संगीतालाई उपचार खर्चका लागि थप १० लाख आवश्यक परेको छ । अत्यन्तै विपन्न अवस्थाका आफूहरुसँग त्यति रकम नभएको भन्दै रिमाल परिवारले सहयोगका सबैमा आग्रह गरेका हुन् । संगीता रिमालको उपचारमा सहयोग गर्न चाहनेहरुले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर २४९००००००१११ मा सकेको सहयोग अनुरुप रकम जम्मा गरिदिन हरिभक्तले अनुनयन गरेका छन् । यस्तै, जानकारीका लागि ९८११००१९१३ वा ९८०१०२४२१ मा सम्पर्क गर्न सकिनेछ ।

सम्बन्धित खवर