आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण - Crazysaptahik.com

आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरका औषधि विक्रेताहरूलाई आँखा स्वास्थ्य सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार नेपाल नेत्र ज्योति संघको ४७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आँखा तथा कान उपचार प्रणाली विराटनगर आँखा अस्पतालको आयोजनामा भएको उक्त कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रोग्राम असोसिएट दिपनारायण विश्वास, नेत्र अधिकृत शुनिल चौधरीले सहजीकरण गर्दै सो अभिमुखीकरणमा आँखा स्वास्थ्य, सुरक्षाका उपाय, आँखा रोगको प्रारम्भिक पहिचान र उपचारबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.