– भूमिप्रसाद पाठक
नेपाल जेसीज २०२० का अध्यक्ष पथरीशनिश्चरेका अशोक शंकरलाई ‘शंकर जिताऔं सहयोग समिति’को आयोजनामा सम्मान गरिएको छ । पथरीशनिश्चरे–१ मा अवस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा सो सम्मान कार्यक्रम भएको थियो ।
बुधबार कार्यक्रमको समुद्घाटन पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राई (किशोर)ले पानसमा बत्ती बालेर गरेका थिए । उक्त कार्यक्रममा नेपाल जेसीज सन् २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरलाई सम्मान पत्रद्वारा विभिन्न संघ संस्थाले सम्मान गरेको छ ।
जसअन्तर्गत सम्मान गर्ने संस्थाहरु पथरी बहुमुखी क्याम्पस, पञ्चायत मावि, लायन्स क्लब अफ पथरी, नेपाल कम्यूनिष्ट पार्टी वडा नं. १ कमिटी, शान्ति सामुदायिक वन उपभोक्ता समूह, हेलो पथरी इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., पथरीशनिश्चरे सुनचाँदी व्यवसायी संघ र पथरी फिटनेश क्लब लगायत रहेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख र शंकर जिताऔं अभियानका प्रमुख सल्लाहकार दिलिप कुमार राई, विशिष्ट अथिति संविधानसभा अध्यक्षद्वय लालबहादुर सुस्सिङ मगर र चण्डी प्रसाद राई रहेका थिए ।
यस्तै अथितिहरुमा स्वास्थ्य संयोजक मुरारी आचार्य, दिनानाथ तिम्सिना, पथरी जेसीजका अध्यक्ष सन्तोष ढुंगेल र देवराज भण्डारी लगायत रहेका थिए । कार्यक्रमका सभाध्यक्ष अशोक शंकर जिताऔं अभियानका संयोजक अजुर््न कुमार बुढाथोकी रहेका थिए ।