क्रेजी साप्ताहिक । अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वा्चित भएका छन् । सापकोटालाई आइतबार बसेको प्रतिनिसभाको बैठकले निर्विरोध निर्वा्चित गरेको हो । प्रतिनिधिसभाको रिक्त सभामुख पद लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि निर्विरोध निर्वा्चित भएको घोषणा गरिएको छ ।
सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण रहेका थिए । महिलामाथिको यौन दुव्र्यवहारको विवादमा तत्कालीन सभामुख कृष्णबहादुर महरा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । हाल उनि पुर्पक्षका लागि थुनामा छन् । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको सङ्घीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुखमा रिक्तता र त्यसमा राजनीतिक सहमतिमा भएको ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।