कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप - Crazysaptahik.com

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप


क्रेजी साप्ताहिक । नेविसंघका दुई समुहबीचकांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ुुसोमबार झडप भएको छ । दिउँसो केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए ।

त्यसलगत्तै देउवा समुहका विद्यार्थीले अनसनरत विद्यार्थीमाथि आक्रमण गरेको विद्यार्थी नेता मनिष सिंखडाले बताए । विद्यार्थी नेता कमल पन्त र लक्ष्मी बोगटी घाइते भएका छन् । देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेका हुन् । दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो।

सम्बन्धित खवर